Nepal
गण्डकी प्रदेश
गण्डकी प्रज्ञा–प्रतिष्ठान गण्डकी प्रदेशका भाषा, साहित्य, लोक साहित्य, कला, संस्कृति र संगीतको अध्ययन अनुसन्धान गरी यसको संरक्षण एवम् सम्बर्धनको लागि गण्डकी प्रदेश सरकारद्वारा २०७८ सालमा स्थापित सरकारी निकाय हो । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रतिष्ठानको प्रमुख संरक्षक र गण्डकी प्रदेश सरकारका  सामाजिक  विकास तथा स्वास्थ्य मन्त्री माननीय सुशीला  सिम्खडा प्रतिष्ठानको  संरक्षक रहनुभएको छ । स्थापनाकालदेखि नै गण्डकी प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, लोक साहित्य, कला, संस्कृति र संगीतको उत्थानको लागि उल्लेख्य कार्यहरु गर्दै आईरहेको छ । पोखरा महानगरपालिकाको वडा नं. १ बगरमा कार्यालय रहेको यस प्रतिष्ठानले गण्डकी प्रदेशका १५ विभिन्न जातजातिका कला र संस्कृति अध्ययन अनुसन्धान गरि दस्तावेजीकरण गरेको छ । गण्डकी प्रदेशमा जन्मनु भएका स्रष्टाहरुको परिचय कोष तयार गर्नको लागि तथ्यांक संकलन गरिरहेको प्रतिष्ठानले बेलाबेलामा विभिन्न विधाका स्रष्टाहरुलाई कार्यालयमा नै निमन्त्रणा गरि विभिन्न अन्तरक्रिया कार्यक्रमहरु गर्दै आईरहेको छ । 

Gandaki Academy was established by Gandaki Provincial Government on April 2021. The Chief Minister of Gandaki Province Hon. Surendraraj Pandey is the Chief Patron of the Academy whereas Social Development and Health Minister of Gandaki Province Hon. Sushila Simkhada is the Patron of the Academy. Gandaki Academy aims to work for the conservation and upliftment of art, culture, language, literature, music, drama and dance prevailing in the Gandaki Province.